जनकपुरधाम, २० फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो प्रेस सल्लाहकारमा पत्रकार सीताराम अग्रहरीलाई नियुक्त गरेका छन् ।

शनिबार मुख्यमन्त्री यादवले अग्रहरीलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

नवनियुक्त प्रेस सल्लाहकार अग्रहरी गोरखापत्र दैनिकमा प्रधान सम्पादकको रूपमा लामो समय काम गरिसकेका छन् ।

कोशी प्रदेशको सुनसरी ईनर्वाका स्थायी बासिन्दा रहेका अग्रहरी काठमाडौंमा बस्दै आएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादवसँग नजिकको पात्र रहेका अग्रहरीलाई मुख्यमन्त्री यादवले प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।