विराटनगर, १९ फागुन । प्रदेशको नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ ।

बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।

लिम्बुवान किरात संघर्ष समितिमा आवद्ध दर्जन बढी संघसंस्थाले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेका छन् ।उनीहरुले पहिचानको आधारमा लिम्बुवान– किरात नामकरण गरिनुपर्ने माग गरेका हुन् ।

प्रदेशको नाम पहिचानका आधारमा नराखे देशभरि आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिए ।

९३ सदस्यीय प्रदेशसभामा कोशीको पक्षमत ८२ जनाले मतदान गरेका थिए । ४ जनाको विपक्षमा मतदान गर्दा ६ जना सांसद अनुपस्थित थिए ।