काठमाडौं, १९ फागुन । सरकारले दूधको मूल्य एकै पटक प्रतिलिटर ९ रुपैयाँले बढाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्ले प्रतिलिटर ९ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ ।

हरेक दुई वर्षको मूल्य समायोजन गरिने बताइए पनि सरकाले पछिल्लो एकै वर्षमा दुई पटक दूधको मूल्य बढाएको छ ।