नेपाल भारत मैत्री युवा संघ धनुषाद्वारा जनकपुरधाममा बृक्षारोपन

जनकपुरधाम, १८ फागुन । नेपाल भारत मैत्री युवा संघ धनुषाले जनकपुरधाममा बृक्षारोपन गरेको छ । स्थानीय पिडारीचोकस्थित राजमार्गमा बागवानी अगाडी बृक्षारोपन गरिएको हो ।
संघका जिल्ला अध्यक्ष बजरंग यादवको अध्यक्षता एवम् संघका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा बृक्षारोपन गरिएको छ ।
बृक्षारोपन कार्यक्रममा प्रदेशसभा सदस्य शेष नारायण यादव, प्रदेश सदस्य जंगीलाल राय यादव, संघका केन्द्रिय सदस्य एवम् कांग्रेस नेता जिबनाथ चौधरी, क्षेत्र नम्बर–४ (१) का क्षेत्रीय सभापति योग नारायण यादव, युवा नेता सुरेश कोइराला, अकबर मन्सुर (अमन), वडा नम्बर–९ का कांग्रेस सभापति बिमलेश सिंह, उप–सभापति हरि शंकर यादव, अशोक साह, सुनिल यादव, अभिशेष यादव, अमित साह, ज्ञानेश्वर यादव लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


