मालपोत कार्यालय जलेश्वरका एक कर्मचारी र लेखापढी व्यवसायी अख्तियारको फन्दामा

जनकपुरधाम, १८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत एक कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय जलेश्वरमा कार्यरत सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र लेखापढी व्यवसायी ५७ वर्षीय सुभाषचन्द्र लाल कर्णलाई नियन्त्रणमा लिएको हो ।
मालपोत कार्यालय जलेश्वरको मुद्दा शाखामा कार्यरत जलेश्वर नगरपालिका–११ बस्ने सुब्बा पण्डितले सेवाग्राहीसँग मुद्दा फैसलाका लागि ९ हजार रुपैयाँ लिएर सम्सी गाउँपालिका–७ बस्ने सुभाष भू–सेवा केन्द्रका लेखापढी व्यवसायी कर्णको जिम्मा लगाएका थिए ।
दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


