महोत्तरी, १८ फागुन । महोत्तरी प्रहरीले लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने नवल किशोर मण्डल रहेको प्रहरीले जनाएको छ ।

मण्डललाई ४ बिलो ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए ।

बुधवार बेलुका मण्डलकै घरबाट उक्त गाँजा फेला पारेर उनलाई तत्काल पक्राउ गरिएको डीएसपी पोखरेलले बताए ।

पक्राउ परेका मण्डललाई जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।