सर्लाहीमा एक सहकारी संस्थाका प्रबन्धकसहित चारजना कारागार चलान

सर्लाही, १८ फागुन । सर्लाहीमा एक सहकारी संस्थाका प्रबन्धकसहित चारजनालाई कारागार चलान गरिएको छ ।
जिल्लाको मलंगवा नगरपालिका–८ स्थित सुबिधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अनियमितता गरेको आरोपमा प्रबन्धकसहित चारजनालाई पूर्वपक्षका लागि कारागार चलान गरिएको हो ।
सर्लाही जिल्ला अदालतको आदेशमा संस्थाका प्रबन्धक मलंगवा नगरपालिका–९ बस्ने दिपक लाल अमात्य, संस्थाका खजान्ची वडा नम्बर–१० का निर्मल कुमार श्रेष्ठ, फिल्ड सहायक सर्लाहीकै बलरा नगरपालिका–२ का कामेश्वर प्रसाद सिंह र संस्थाका ऋणी मलंगवा–२ का उमेश प्रसाद अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए ।
उनका अनुसार रकम हिनामिना भएको सम्बन्धमा संस्थाका उपाध्यक्ष जयप्रकाश अग्रवाल र लेखा समितिका संयोजक शान्ता प्रसाद श्रेष्ठले उनीहरुलाई बिपक्षी बनाई जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
अनुसन्धान पश्चात प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो । अन्य फरार प्रतिवादीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


