गल्फ समाजद्वारा जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना, ३० जनाले गरे रक्तदान

काठमाडौं, १७ फागुन । गल्फ समाज सेवा संस्थाले जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
अति विपन्न एवम् असहाय परिवारलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका गल्फ समाज सेवा संस्थाले बुधबार जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरेको संस्थाका संयोजक अब्दुल मनान राइनले जानकारी दिए ।
स्थानीय तपसी चोकमा ब्लड फर नेपालको संयोजन तथा गल्फ समाजको आयोजनामा गरिएको बृहत्त रक्तदानमा ३० जनाले रक्तदान गरेको संयोजक राइनले बताए ।
अति विपन्न, असहाय, समस्यामा परेका गरिब निमुखालाई वैदेशिक रोजगारीमा रहेका मधेशी समुदायहरुले समाजका लागि विभिन्न माध्यमले सहयोग गर्दै आएको राइनले बताए ।
‘रक्तदान नै जीवन दान हो’ भन्ने भावनालाई आत्मासात् गर्दै रगतको अभावले छटपटाउँदै कसैले अमूल्य जीवन गुमाउनुनपरोस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


