राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौं, १७ फागुन । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले आठदलका साझा उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
१३ फागुनमा पौडेलले उम्मेदवारी दर्ता गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयं प्रस्तावक बसेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


