सन्दीप लामिछाने यूएई प्रस्थान

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्वकप्तान सन्दीप लामिछाने यूएई प्रस्थान गरेका छन् ।
उनी आइसिसी क्रिकेट विश्वकप ’लिग–२’मा सहभागिताका लागि यूएई प्रस्थान गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले बिहीबार र सोमबार यूएई तथा शुक्रबार पिएनजीविरुद्ध खेल्ने जनाएको छ ।
बुधबार दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पिएनजीविरुद्ध जारी सिरिजमा मौसम ढकाललाई प्रतिस्थापन गर्ने क्यानले जानकारी दिएको छ ।
रिजर्भमा रहेका सन्दीपलाई १४ सदस्यीय टोलीमा समावेश गर्न क्यानले आइसिसीसँग आग्रह गरेको थियो ।
नेट प्राक्टिसका क्रममा घाइते भएका ढकाललाई सन्दीपले प्रतिस्थापन गर्ने क्यानले जनाएको छ । टिममा कुनै सदस्य घाइते भएमा रिजर्भमा रहेका खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


