बलात्कार आरोपी मुखिया ३ दिनपछि पक्राउ

जनकपुरधाम, १७ फागुन । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका एक आरोपी ३ दिनपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सबैला नगरपालिका– १३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया रहेको प्रहरीले जनाएको छ ।
गत आइतबार साँझ करिब ७ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका–३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बिचको नहरमा हाम फालेर फरार भएका मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मंगलबार राति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका–१ ईनर्वा स्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
यस्तै, फागुन ५ गते जवरजस्ती करणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रोपटक म्याद थप गरि लैजाँदै गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीहरूमाथि प्रहरी नियमावली अनुसार आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाइएको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


