जनकपुरधाममा बुधबारदेखि अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

जनकपुरधाम, १६ फागुन । जनकपुरधाममा बुधबारदेखि अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता सुरु हुन लागेको छ ।
जनकपुर क्रिकेट एकेडमीको आयोजनामा रंगभूमि मैदान बाह्रविघामा प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा धनुषा साइन्स क्याम्पस र मिट क्याम्पसबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रह्ने भनिएपनि अहिलेसम्म १४ वटा टिमले सहभागिता जनाएको हरिज स्पोर्टस जोनका सञ्चालक एवं क्रिकेटर हरिशंकर साहले जानकारी दिए ।
बाँकी २ वटा टिमलाई प्रतियोगिताको बिचमा समेत सहभागी गराउन सकिने उनले बताए ।
खेल र खेलाडीको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक प्रशान्त अरविन्दले जानकारी दिए । उनका अनुसार हरेक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै स्वास्थ्य बनाउनको लागि खेल आयोजना हुन लागेको छ ।
प्रतियोगितामा विजेता, उप–विजेतालाई आकर्षक ट्रफि, वेस्ट फिल्डर, बलिङ, ब्याटसम्यान र किपरलाई पनि प्रोतसाहन गर्न प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


