चितवन–२ मा हुने उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता

काठमाडौं, १६ फागुन । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।
फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


