नेपाल–भारत सम्बन्धबारे विचार–विमर्श

जनकपुरधाम, १६ फागुन । भारतको आदर्श श्रमजीवी पत्रकार संघका अध्यक्ष डी. एल. शर्माको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीले तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालसँग भेटघाट गरेको छ ।
अध्यक्ष शर्माको नेतृत्वमा आएको ७ सदस्यीय टोलीले तमलोपार्टी अध्यक्ष लालसँग पार्टी कार्यालयमा भेटघाट गरी नेपाल–भारत सम्बन्धबारे विचार–विमर्श गरेको हो ।
पत्रकारहरुको टोलीमा अध्यक्ष शर्मासहित उपाध्यक्षहरु ललित गुप्ता, दिलिप कारपेन्टर, महासचिवद्वय अशोक चौधरी, इश्वर गुर्जर, प्रवक्ता शंकर लाल र कोषाध्यक्ष अनिल शर्मा छन् ।
छलफलमा नेपाल–भारत सम्बन्धको वर्तमान स्थिति, सकारात्मक संकेतहरू र सम्बन्ध अझै प्रगाढ बनाउन हुनु पर्ने प्रयत्नहरुबारे कुराकानी भएको तमलोपाकी नेतृ बिन्दु ठाकुरले बताइन् ।
कुराकानीमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णको समेत उपस्थिती रहेको थियो ।
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले टोलीलाई होलीको शुभकामना दिंदै सम्मान गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


