सप्तरीमा कारको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

सप्तरी, १६ फागुन । सप्तरीमा कारको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको GJ10BG8133 नम्बरको कारले पैदलयात्रीलाई राति साढे ९ बजे ठक्कर दिएको थियो ।
ठक्करबाट अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।
ठक्कर दिने कार र चालक भारत सुपौल जिल्ला भिमनगर बस्ने ४९ वर्षीय राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


