काठमाडौं, १५ फागुन । अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेको पक्षमा फैसला गरेको भन्दै काठमाडौंमा अदालतविरुद्ध प्रदर्शन भएको छ ।

बलात्कार घटनाका आरोपीको पक्षमा फैसला गरेको भन्दै अदालतविरुद्ध केही युवाहरूले प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतले आजमात्रै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा फेरि थुनामा राख्न नपर्ने र विदेश जानबाट रोक लगाउन नपर्ने आदेश गरेको छ । त्यस्तै, पोखरा उच्च अदालतले आइतबार अभिनेता शाहलाई बलात्कार अभियोगमा सफाइ दिएको थियो ।

छोरीहरू असुरक्षित भएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । अदालतलमा पितृसत्ता हाबी भएकाले बलात्कारी आरोपीलाई सफाइ दिएको उनीहरुको आरोप छ ।