काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्चले विदेश जानका लागि अनुमति दिएको छ ।

सर्वोच्च अदालतले क्रिकेटर लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदर गरेको हो ।

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । त्यस्तै लामिछानेले पनि विदेश जान पाउने गरी सर्वोच्चमा निवेदन दिएका थिए ।

दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो ।