यू–१९ एसिया विश्वकप छनोटमा नेपालको तेस्रो जित

काठमाडौं, १५ फागुन । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार तेस्रो विजय हात पारेको छ । सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो ।
यूएईको अजमानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १२० रनमै अलआउट भएपछि जबाफमा आएको नेपालले २२.१ ओभर भित्रै लक्ष्य पूरा गरेको थियो ।
प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


