काठमाडौं, १५ फागुन । विरेन्द्र कर्णको नेतृत्वमा नेपाल कराते महासंघ धनुषा जिल्लाको तदर्थ समिति गठन गरिएको छ ।

धनुषाका करातेकर्मीहरुको भेलाले जिल्लाका बरिष्ठ प्रशिक्षक तथा मधेस प्रदेस प्रमुख रामचन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न बैठकले कर्णको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा अखिल मढी, उपाध्यक्षमा रामपुनित महतो, महासचिवमा सुभाष कुमार शर्मा र कोषाध्यक्षमा शिव शंकर यादव चयन भएका छन् ।

सदस्यहरुमा ईसराफुल राईन र राजकुमार साह रहेका छन् भने सल्लाहकारमा सुभाष पाठक रहेको अध्यक्ष कर्णले जानकारी दिए ।

त्यस्तै प्रदेश प्रतिनिधिहरुमा रामचन्द्र ठाकुर, जिवछ भगत, पाल्छ्ङ योन्जन र निश्चल सिंहलाई सिफारिस गरिएको छ ।