काठमाडौं, १४ फागुन । जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएका छन् ।

आइतबार साँझ ६ बजे जेनेभाका लागि उड्ने तयारीमा रहेकी मन्त्री राईलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर ‘अहिले नजान’ निदेर्शन दिएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको फोनका कारण विमानस्थल जानुभन्दा केहीबेरअघि मात्रै मन्त्रीको भ्रमण रोकिएको हो ।

नेकपा एमालेकी नेतृसमेत रहेकी मन्त्री राई संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि जेनेभा जाने तयारीमा थिइन् ।

अन्तिम समयमा प्रधानमन्त्रीले नै नजान निर्देशन दिएपछि उनको भ्रमण रोकिएको हो ।