सन्दीपको मुद्दामा सोमबार सुनुवाइ हुने

काठमाडौं, १४ फागुन । नाबालिगमाथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा सुनुवाइ भएको थियो । इजलासले सन्दीपको मुद्दामा सोमबार लगातार सुनुवाइ हुनेगरी पेसी तोकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


