धनुषाको रमदैयास्थित राजदेवी मन्दिरबाट लाखौंका सरसामान चोरी

जनकपुरधाम, १४ फागुन । धनुषाको एक मन्दिरबाट शनिबार राति लाखौंको चोरी भएको छ ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरमा शनिबार राति चोरी भएको हो ।
मन्दिरबाट राजदेवी भगवानको मुर्ति, सुनको मुकुट र अन्य गरगहना गरी करिब ६ लाख बराबरको सामान चोरी भएको मन्दिरका पुजारी धीरज यादवले बताए । उनले राति करिब १२ बजेको समयमा चोरी भएको जानकारी दिए ।
महेन्द्रनगर–जनकपुरधाम सडकखण्डसँगै टाँसिएको ऐतिहासिक राजदेवी मन्दिर निकै प्रसिद्ध छ । मन्दिरमा चोरी हुनुलाई स्थानीयवासीले गम्भीररुपमा लिएका छन् । त्यहाँका साधुसन्त तथा स्थानीयवासीले चोरलाई तत्कालै पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले घटनासम्बन्धमा अनुसन्धान भइरहेको र अपराधी पक्राउ गर्न प्रहरी युनिट खोजतलासमा जुटिसकेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


