धनुषाको मिथिला नपामा आगलागी हुँदा एकजनाको घर पूर्णरुपमा जलेर नष्ट

जनकपुरधाम, १४ फागुन । धनुषाको मिथिला नगरपालिकामा आगलागी हुँदा एकजनाको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
जिल्लाको मिथिला नगरपालिका वडा नम्बर–१ स्थित लक्ष्मीनिवासको बसही खोला किनारमा अवस्थित नयाँ टोलमा आइतबार दिउँसो आगलागी हुँदा स्थानिय चौठी मुखियाको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट मुखियाको घरमा रहेका लत्ताकपडा, अन्नपात गरि करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीयको सहयोगले नियन्त्रणमा आइसकेको वडा सचिव शिवशंकर प्रसाद सिंहले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


