शिक्षा र स्वास्थ्यको सम्पूर्ण अधिकार प्रदेश मातहत आउनुपर्छ : यादव

जनकपुरधाम, १३ फागुन । मधेस प्रदेशका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले शिक्षा र स्वास्थ्यको सम्पूर्ण अधिकार प्रदेश मातहत आउनु पर्ने बताएका छन् ।
नेपाल शिक्षक संघ धनुषाको ९औँ महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रदेशसभा सदस्य यादवले शिक्षा र स्वास्थ्य प्रदेश मातहत नल्याएसम्म प्रदेशमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन नसकिने बताएका हुन् ।
‘अहिले शिक्षा र स्वास्थ्य पालिका मातहत राखिएको छ, ’उनले भने, ‘यी दूबै क्षेत्र प्रदेश मातहत ल्याउनु पर्छ अनि मात्रै प्रदेश सरकारले समेत शिक्षा र स्वास्थ्यमा सुधारका लागि काम गर्न पाउने छ ।’
नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष राम सिनेही यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा यादवले वर्तमान शिक्षा नितिमासमेत त्रुटी रहेको बताए । शिक्षा निति नै त्रुटीपूर्ण रहेकाले पढेलेखेका युवाहरुलाई समेत वैदेशिक रोजगारीमा जानपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
उनले भने, ‘यहाँका जनशक्ति विदेश पलायन हुँदै गईरहेका छन् । युवाहरु अध्ययन गर्छन तर रोजगारी पाउँदैनन् । त्यसैले यहाँ कुन किसिमको सिलेवश हुनुपर्यो जसले रोजगारी सिर्जना गर्छ त्यस विषयमा छलफल हुनु आवश्यक छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


