काठमाडौं, १३ फागुन । राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाएपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।

नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । रास्वपाले भने केही निर्णय गरेको छैन ।