आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको बालेनको भनाइ

काठमाडौं, १३ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन् ।
आफूलाई कसले दबाब दिएको भन्ने बारेमा भने उनले केही खुलाएका छैनन् । उनले यो देश कहिल्यै नबन्ने समेत उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


