काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सहनाज रहमानको निधन भएको छ । ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो ।

भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात हुँदा उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो ।

अस्पतालले उनलाई मृत घोषणा गरेको हो । झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् । उनी जसपाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

रहमान जसपाकी केन्द्रीय सदस्यसमेत थिइन् ।