काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

शनिबार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रसहित विभिन्न ८ पार्टीको नयाँ गठबन्धन बनेको छ ।

राष्ट्रपतिको निर्वाचनका यही फागुन २५ गते हुँदैछ ।