जनकपुरधाममा फलामे गेट खस्दा किचिएर एक बालकको मृत्यु

जनकपुरधाम, १२ फागुन । जनकपुरधाममा घरको फलामे गेट खस्दा किचिएर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने आलम राइनका ३ वर्षीय छोरा अलि हुसैन रहेको प्रहरीले जनाएको छ ।
बालक सडकमा खेलिरहेको बेला बाबा पेट्रोल पम्पका सञ्चालक विष्णुदेव साहको घरको फलामे गेट खसेको थियो ।
साहको घरको फलामे गेट सडकतर्फ खस्दा किचिएर बालक अलिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, मृतक बालकको परिवारका सदस्यहरुले विष्णुदेव साहकी बुहारी सोनमले दुस्मनीका कारण अलिको शरीरमाथि जानेर गेट खसालेको आरोप लगाएका छन् ।
मृतक बालकका आफन्त आक्रोशित हुँदै साहको घर तोडफोड गर्ने प्रयाससमेत गरेका थिए । त्यहाँ ठुलो संख्यामा प्रहरी परिचालन गरिएपछि अवस्था सामान्य भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


