जनकपुरधाम, १२ फागुन । धनुषाको बटेश्वर गाउँपालिकाको दुईवटा घरमा लुटपाट गरिएको छ ।

बटेश्वर गाउँपालिका वडा नम्बर–३ की बबिताकुमारी महतो र वडा नम्बर–४ की सुनितामाया देवीको घरमा बुधबार राति लुटेराहरुको एक समुहले लुटपाट गरेका हुन् ।

मध्यरातमा बबिताको घरमा ४/५ जनाको समूहमा प्रवेश गरेका लुटेराहरुले ५० हजार नगद, सुनचाँदीका गरगहनासहित १ लाख भन्दा बढीको लुटपाट गरेको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।

उनीहरुले सुनिता मायाको घरमा लुटपाट गर्नुका साथै तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।