जसपालाई उपराष्ट्रपति दिने विषयमा प्रधानमन्त्री सकारात्मक

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनता समाजवादी पार्टी नेपाललाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक देखिएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनी सकारात्मक देखिएका हुन् ।
बिहीबार दिउँसो उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र सरकारका विषयमा छलफल भएको जसपा अध्यक्ष यादवले जानकारी दिए ।
अब माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक बस्ने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


