काठमाडौं, ११ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ को युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् ।

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको नाम समावेश नगरेको बताइएको हो ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग–२ को लागि युएई जाने खेलाडीको नाम सार्वजनिक गरेको छ ।

क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा भने प्रतिश जिसीलाई राखेको छ ।

नेपालले लिग–२ अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी