गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला

सुर्खेत, ११ फागुन । सुर्खेतमा एकजना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ । उनका अनुसार घटना बिहीबार बिहान २ः५६ बजे तिरको हो । त्यतिबेला विक ड्युटीमै थिए ।
मृतक विकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सोनारले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


