मुख्यमन्त्री यादवलाई सहयोग गर्न जसपाद्वारा परामर्श समिति गठन

जनकपुरधाम, १० फागुन । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सहयोग गर्न परामर्श समिति गठन गरेको छ ।
मुख्यमन्त्री यादवलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्यसमेत रहेका पूर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको हो ।
मुख्यमन्त्री यादवले सचिव भएर कार्य गर्ने परामर्श समितिको सदस्यहरूमा गोविन्द चौधरी, दीपक कार्की र लालकिशोर साह रहेको सो पार्टीले जनाएको छ ।
समितिले पार्टीको निर्देशनानुुसार मुख्यमन्त्री यादवलाई आवश्यक सल्लाह सुझाव र सहयोग गर्ने र पार्टी एवम् सरकारबीच समन्वयको काम गर्ने बताइएको छ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधवार परिपत्र गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


