अमेरिकामा वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुईको मृत्यु, तीनजना घाइते

एजेन्सी, १० फागुन । अमेरिकाको फ्लोरिडामा एउटा वेल्डिङ कम्पनीमा विस्फोट र आगलागीमा हुँदा दुईजनाको मृत्यु भएको छ ।घटनामा तीनजना घाइते भएका छन् ।
मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
दुर्घटनाको छानबिन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ । गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि उक्त दुर्घटना भएको हो ।
सोमबारको विस्फोटमा एकको मृत्यु र १३ जना घाइते भएका थिए । विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


