जनकपुरधाम, ९ फागुन । धनुषाको शहिदनगर नगरपालिकामा शहिदहरुको सम्झनामा ३३औं शहिद दिवस मनाइएको छ ।

नेपाली काँग्रेसको नेतृत्वमा पञ्चायतकालिन व्यवस्थाविरुद्ध २०४६ सालको जनआन्दोलनको क्रममा फागुन ९ गतेका दिन शहिद भएका ५ जना शहिदहरुको सम्झनामा शहिद दिवस मनाइएको हो ।

नेपाली काँग्रेसका पूर्वसांसद शिवधारी यादवको प्रमुख आतिथ्यमा शहिदनगर नगरपालिका वडा नम्बर–३ यदुकूहा गोठकुहास्थित महिला शहिद स्मृतिपार्कमा आयोजित कार्यक्रममा नागरिक समाजका अगुवा, किसान, व्यापारी, शिक्षक, विद्यार्थीलगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।