‘केपी ओली कप २०२३’ को ट्रफी अनावरण

काठमाडौं, ९ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको आयोजनामा ‘केपी ओली कप २०२३’ राष्ट्रिय फुटबल प्रतियोगिताको ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक भएको छ ।
‘केपी ओली कप २०२३’ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो ।
फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।प्रतियोगितामा ८ वटा ‘ए’ डिभिजनका समूहहरू सहभागी हुने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख, रनरअपलाई ५ लाख, बेस्ट प्लेयरलाई १ लाख, बेस्ट गोलकिपरलाई १ लाख, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको उनले बताए ।
अध्यक्ष पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले उनको सम्मान गर्न र समकालीन नेताहरूमध्ये ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उनको नाममा फुटबल प्रतियोगिता गरिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


