प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् ।
सापकोटा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष अग्नि सापकोटाका छोरा रूपकलाई प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको दुई महिना पछि परराष्ट्र सल्लाहकारमा नियुक्त गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका छन् । पराराष्ट्र सल्लाकार सल्लाहकार सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा उनीसँग गहिरो ज्ञान रहेका सापकोटा २०१९, नोभेम्बरदेखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपूर्ण थिंकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


