पर्सा, ९ फागुन । पर्सामा स्कारपियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको ठोरी गाउँपालिका–४ विजयवस्ती बस्ने १३ वर्षीय विश्वास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान बागमती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कारपियो गाडीले कोचिङ्ग पढेर घर फर्किने क्रममा ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए ।

उपचारको क्रममा उनको वीरगञ्जको तराई अस्पतालमा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए ।