नेपाल भारत खुला सिमा संवाद समूह र क्लोथ बैंकद्वारा हेल्प डेस्क सञ्चालन

जनकपुरधाम, ८ फागुन । नेपाल भारत खुला सिमा संवाद समूह र क्लोथ बैंक नेपालले मिथिला मध्यमा परिक्रमाको पहिलो दिन हनुमानगढीमा हेल्प डेस्क सञ्चालन गरेको छ ।
हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र मिथिला मध्यमा परिक्रमाको पहिलो दिन हनुमानगढीमा साधुसन्त, महात्मा तथा श्रद्धालु भक्तजनहरुको सुविधालाइ ध्यानमा राख्दै हेल्प डेस्क सञ्चालन गरिएको हो ।
हेल्प डेस्कमा प्राथमिक उपचार सहित चिया र पानीको व्यवस्था गरिएको कार्यालय सचिव कृष्ण कुमार साहले जानकारी दिए ।परिक्रमामा सहभागी साधुसन्तहरुकालागि कम्बल र झुलसमेत बितरण गरिएको संस्थाका सह–सचिव रामजी रायले बताए ।
जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, तमलोपाकी नेत्री बिभा ठाकुर, क्लोथ बैंकका कोषाध्यक्ष रुबि झा, सचिव मनिष श्रीओम, नेपाल तरुण दलका नेता राकेश बिक्रम साह, धनेश्वर ठाकुर, पारस ठाकुर, सुनिल कुमार गुप्ता, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य बरुणा कर्ण, सञ्चारकर्मी माला रायलगायतकाहरुको सहभागीतामा हेल्प डेस्क सञ्चालन गरिएको हो ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


