काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सोमबार पोखराबाट काठमाडौँ आएलगत्तै प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुई नेताबीच करिब १ घण्टा भेटवार्ता भएको हो ।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताहरुबीच भेटवार्ता बाक्लिएको छ ।