कर्मचारीहरू राजनीतिक गतिविधिमा सक्रिय भएको पाइए कारबाही गर्ने चेतावनी

सुनसरी, ८ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारीहरू राजनीतिक गतिविधिमा सक्रिय भएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।
सुनसरीको तरहरामा जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।
अधिकृतस्तरको कर्मचारीसम्मलाई राजनीतिक गतिविधिमा संलग्न हुने कानुनी अधिकार भए पनि उपसचिवभन्दा माथि दर्जाका कर्मचारी समेत राजनीतिक गतिविधिमा देखिएको गुनासो आएको मन्त्री मोदीले बताए ।
मन्त्री मोदीले अधिकृतस्तरका कर्मचारीहरूले पनि पहिला जनताको सेवा र त्यसपछि मात्रै राजनीतिक गतिविधि रोज्न निर्देशन दिए । मन्त्री मोदीले सरकारको उद्देश्यअनुसार कार्यसम्पादनमा लाग्नु कर्मचारीहरूको मूल दायित्व भएकाले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन समेत निर्देशन दिए ।
जनताको सेवाका लागि कर्मचारीहरूमाथि राज्यले लगानी गरेको बताउँदै मन्त्री मोदीले राज्यको लगानी सम्झेर सेवाग्राहीको समस्या द्रूत गतिमा समाधान गर्नेमा जोड दिन निर्देशन दिए ।
मन्त्री मोदीले सङ्घीय निजामती ऐन संसद्को चालु अधिवेशनमै पेस गर्ने तयारी भइरहेको मन्त्री मोदीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


