महोत्तरी, ८ फागुन । महोत्तरीमा चाकु प्रहार गरेर भतिजले काकाको हत्या गरेका छन् । हत्या हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै बस्ने ७० वर्षीय शिव महरा रहेका छन् ।

महराका आफ्नै ३० वर्षीय भतिज बिजेन्द्र महराले उनीमथि चाकु प्रहार गरेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले बताए ।

महराको अण्डकोष अगाडि तिघ्रामा चाकु प्रहार गरेलगतै घटनास्थलमै उनको मृत्यु भएको डीएसपी पोखरेलले बताए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।