राष्ट्रपति निर्वाचनका लागि सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
राष्ट्रपतिको उम्मेदवारी मनोनयनको दुई दिनअघि सर्वदलीय बैठक बोलाउने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
राष्ट्रपतिका लागि संसद्को ठूलो दल नेपाली कांग्रेस र सत्तारुढ प्रमुख घटक एमालेको आ–आफ्नै दाबी छ । यता, माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गरिने बताउँदै आएका छन् ।
एमालेबाट राष्ट्रपतिमा सुवास नेम्वाङ, डोरमणि पौडेल, विष्णु रिमाललगायतको चर्चा छ भने कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौला चर्चामा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


