चितुवाको छालासहित दुईजना पक्राउ

धनगढी, ७ फागुन । कैलालीबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको विनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विक पक्राउ परेका हुन् ।
विकले चलाएको से ५ प ८०३१ नम्बरको मोटरसाइकल पछाडि सवार खत्रीको झोलाबाट ७ फिट १० इन्च लम्बाइ र ४ फिट ७ इन्च चौडाइ भएको एक थान चितुवाको छाला र वन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आइतबार दुवैजना पक्राउ परेका हुन् ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


