काठमाडौं, ७ फागुन । पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै जनता समाजवादी पार्टी नेपालका एक नेताविरुद्ध उजुरी परेको छ ।

पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतको राजीनामा माग गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष उजुरी परेको हो ।

जसपा अन्तरर्गतका १० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरुले आइतबार उनको राजीनामा माग गरेका छन् ।

राष्ट्रिय समितिका अध्यक्षहरुले संघीय परिषद्का अध्यक्ष, कार्यकारिणी समितिका अध्यक्षलाई भेटेको विषयमा जारी गरेको विज्ञप्ति फिर्ता लिएर पदबाट राजीनामा दिन माग गरेका छन् ।

माघ ५ गते विभिन्न तीनवटा प्रतिष्ठानमा सरकारले गरेको नियुक्तिको विरोधमा जसपाको तर्फबाट प्रचार विभाग प्रमुख बस्नेतले विज्ञप्ति जारी गरेका थिए ।

१० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरुले पार्टीका शीर्ष नेताहरुलाई भेटेर प्रचार विभागका प्रमुख बस्नेतले लेटरप्याड दुरुपयोग गरेको भनी ध्यानाकर्षण गराएका हुन् ।