रास्वपामा पदको आशक्तिबाहेक अरु केही देखिएन : माधव नेपाल

काठमाडौं, ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पदको आशक्तिबाहेक अरु केही नदेखिएको बताएका छन् ।
आइतबार काठमाडौंको कीर्तिपुरमा अनेरास्ववियु स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले रास्वपा मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका हुन् ।
नयाँ घण्टी बजाउँदै के–के न गरौँला भनेर आएको उक्त पार्टीको चरित्र पनि जनताले देखिसकेको नेता नेपालको टिप्पणी थियो ।
‘अदालतले मुद्दा लगायो । पदबाट हटे । त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारेपछि त्यो गठबन्धन पनि संकटमा परेको छ,’ नेपालले भने, ‘कुन दिन त्यो गठबन्धन भत्किने हो ठेगान छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


