ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउने सहमति

जनकपुरधाम, ७ फागुन । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउन सहमति भएको छ ।
भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात–निर्यातको क्षमता बढाउने सहमति भएको हो ।
४ सय किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६ सय मेगावाट विद्युत आयात–निर्यात हुँदै आएको छ ।
अब त्यहाँबाट ८०० मेगावाट आयात–निर्यात गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


