सिरहा, ६ फागुन । सिरहा प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–४ कुथनुवा बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।