नेपालले स्कटल्याण्डलाई ३ विकेटले हरायो

काठमाडौं, ५ फागुन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग ‘टु’ मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ ।
जारी आईसिसी विश्वकप लिग ‘टु’ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो ।
नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग ‘टु’ मा उसैको मैदानमा पराजित गरेको थियो ।
स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । नेपालको कीर्तिमानी जितमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले उत्कृष्ट पारी खेले । ऐरीले ११६ बलमा ८ चौका र एक छक्काको सहयोगमा अविजित ८५ रन बनाए ।
त्यस्तै, ६७ बलको सामना गरेका मल्लले ६७ बलमा ९ चौका र ५ छक्काको मद्दतमा ८१ रनको पारी खेले । त्यस्तै, गुलसन झाले १७, ओपनिङ ब्याटर कुशल भुर्तेलले १६ र सोमपाल कामीले अविजित २४ रनको योगदान दिए ।
जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


